ल्याण्डफिल साइटमा फोहोरको गन्धभन्दा मिथेनको गन्ध बढी

<p>काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । नास्टको गरेको दोस्रो अध्ययन यस्तो देखाएका हो । यसअघि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । अहिलो सो ठाउँको गन्ध मापन गरिएको हो । नास्टका वरिष्ठ बैज्ञानिक डा. भोजराज पन्त [&hellip;]</p>

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । नास्टको गरेको दोस्रो अध्ययन यस्तो देखाएका हो ।

यसअघि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो । अहिलो सो ठाउँको गन्ध मापन गरिएको हो ।

नास्टका वरिष्ठ बैज्ञानिक डा. भोजराज पन्त आनुसार साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी छ । अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्याँसको गन्ध धेरै भेटियोको हो ।

साइटभित्रबाट मिथेन ग्याँसबाहिर ल्याउन भेन्ट नभएकोले भित्र धेरै ग्याँस भरिएको पनि पन्तले बताए ।

‘यसलाई ड्रिल गरेर बाहिर ल्याउनुपर्छ, यसको व्यवस्थापनका लागि छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि वितरण गर्न सकिन्छ, साइटमा कति परिमाणमा ग्याँस छ, कति निकाल्न सकिन्छ र कसरी वितरण गर्न सकिन्छ, यसका लागि थप अध्ययन आवश्यक पर्छ,’ उनले भने ।

साइट व्यवस्थापनका लागि गन्धसँगै पानी, माटोजस्ता क्षेत्रको अध्ययन महानगरका प्रमुख बालेन्द्र शाहले बताएका छन् । डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहभागी भएको टोलीले प्रारम्भिक अध्ययन गरेको हो ।
पानी प्रदुषण र लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने प्रमुख शाहको भनाइ छ ।

Share News