काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी छिन् ।
उनले आइतबार सामाजिक संजालमा स्ट्याटस राख्दै महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा समर्थन रहेको बताएकी हुन् ।
‘अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो, म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु, त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु,’ उनी लेख्छिन् ।
उनले काठमाडौं महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्ने एजेण्डा प्रति आफु सजग र सचेत रहेको पनि बताएकी छिन् ।