काठमाडौंको सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन् । त्यस्तै, महानगरले फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।

आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले सबै वडामा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव अघि सारेका हुन् ।

त्यस्तै, महानगरले फुटपाथ व्यवस्थापनमा खटिएका नगर प्रहरीलाई ५ सय भत्ता दिने निर्णय गरेको छ । यसअघि महानगरले सडक फुटपाथमा नगर प्रहरी खटाएबापत ३ सय भत्ता उपलब्ध गराउँदै आएको थियो ।

Share News