मेयर बालेन शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दामा सुनुवाइ हुने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध दर्ता भएको अबहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनवाइ हुने भएको छ । मेयर शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दाको सुनुवाई न्यायाधीश हरिकृष्ण कार्कीका एकल इजलासमा हुने भएको हो । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलना गरेको भनेर निवेदन दर्ता गरेका थिए । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध दर्ता भएको अबहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनवाइ हुने भएको छ ।
मेयर शाह विरुद्ध दर्ता भएको अवहेलना मुद्दाको सुनुवाई न्यायाधीश हरिकृष्ण कार्कीका एकल इजलासमा हुने भएको हो । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलना गरेको भनेर निवेदन दर्ता गरेका थिए ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेशलाई संकेत गर्दै मेयर शाहले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी सार्वजनिक रुपमा प्रतिक्रिया दिएका थिए । दर्ता भएकाे निवेदनलाई स्वीकार गरेर अदालतले शाहका नाममा आदेश जारी गरेमा उनले आफू स्वयं उपस्थित भई वा वारेस मार्फत लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ ।

Share News