महानगरले सुरज आर्केडलाई पसल खाली गर्न दियो २४ घण्टा

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थति सुरज आर्केडलाई २४ घण्टाको समय दिएको  छ । महानगरले सुरज आर्केडको बेसमेन्टका पसलहरुलाई खाली गर्न २४ घण्टाको समय दिएको हो । पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू राखिएको छ । जमिन तला, बेसमेन्ट, सेमी बेसमेन्ट, भुइँतलालाई स्वीकृत नक्साबमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको पाइएकाले महानगरले गत [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थति सुरज आर्केडलाई २४ घण्टाको समय दिएको  छ । महानगरले सुरज आर्केडको बेसमेन्टका पसलहरुलाई खाली गर्न २४ घण्टाको समय दिएको हो ।

पार्किङका लागि नक्सा पास भएको सुरज आर्केडको अन्डरग्राउन्डमा सटर राखेर विभिन्न पसलहरू राखिएको छ ।

जमिन तला, बेसमेन्ट, सेमी बेसमेन्ट, भुइँतलालाई स्वीकृत नक्साबमोजिम प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोग गरेको पाइएकाले महानगरले गत साउन २ मा स्वीकृतिअनुसार नै प्रयोग गर्न ३५ दिने सूचना निकालेको थियो ।

Share News