स्थानीय तहका जनप्रतिनिधि राजनीतिक दलको प्रचारप्रसारमा लाग्न नपाइने

<p>काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा लाग्न नपाइने भएको छ । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो । ‘निर्वाचन आचारसंहिता, २०७९’ परिच्छेद ३ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको [&hellip;]</p>

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधि कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा लाग्न नपाइने भएको छ । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७९ जारी गर्दै सो व्यवस्था गरेको हो ।

‘निर्वाचन आचारसंहिता, २०७९’ परिच्छेद ३ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको छ ।

सो व्यवस्थामा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय तथा सोका पदाधिकारीले देहायका आचरण पालना गर्नुपर्नेछ : क) कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने, तर निर्वाचनमा आफैं उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएका मन्त्री आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न यस खण्डले बाधा पुर्याएको मानिने छैन र यसरी प्रसारप्रसार गर्दा सरकारी स्रोत साधनको प्रयोग गर्न पाइने छैन ।’

आयोगले ‘निर्वाचन आचारसंहिता, २०७९’ भदौको १३ गते सोमबार नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

Share News