माग र आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं – उपप्रमुख डंगोल

<p>काठमाडौँ । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले स्थानीय माग र संघीय राजधानी सहरको आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर काम गरिरहेको बताएकी छिन् । वैदेशिक अध्ययनमा अध्ययनरत विद्यार्थीहरुसँगको भेटका क्रममा उनले सो कुरा बताएकी हुन् । काठमाडौं विश्वविद्यालय, स्कूल अफ इञ्जिनियरिङका प्राध्यापक भीमप्रसाद श्रेष्ठको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा अध्ययनरत विद्यार्थीहरु उक्त कार्यक्रममा उपस्थित थिए । उपप्रमुख डंगोलका [&hellip;]</p>

काठमाडौँ । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले स्थानीय माग र संघीय राजधानी सहरको आवश्यकतालाई प्राथमिकता निर्धारण गरेर काम गरिरहेको बताएकी छिन् । वैदेशिक अध्ययनमा अध्ययनरत विद्यार्थीहरुसँगको भेटका क्रममा उनले सो कुरा बताएकी हुन् ।

काठमाडौं विश्वविद्यालय, स्कूल अफ इञ्जिनियरिङका प्राध्यापक भीमप्रसाद श्रेष्ठको नेतृत्वमा संयुक्त राज्य अमेरिकामा अध्ययनरत विद्यार्थीहरु उक्त कार्यक्रममा उपस्थित थिए ।

उपप्रमुख डंगोलका अनुसार फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित काम गर्दा मानव स्वास्थ्य र वातावरणमा असर नहोस् भन्ने विषयमा महानगर सचेत रहेको छ । ‘वडा स्तरमा मेलमिलापकर्तामार्फत मेलमिलापलाई प्राथमिकतामा राखेको छु, महिला सशक्तिकरणका लागि उपलब्धी हासिल भएका छन्, यसको पूर्णताका लागि परिवारको मनोविज्ञानसँग सम्बन्धित पक्षलाई सुधार गर्दै जानुपर्छ,’ उनले भनिन् ।

नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा विचारगोष्ठी सञ्चालन भइरहेको छ ।

Share News