अब स्वास्थ्य चौकीमै मृगौला परीक्षण, पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण

<p>काठमाडौं १२, कात्तिक । सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ । मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभर पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण गर्न पुग्ने किट पठाएको छ । महाशाखाका निर्देशक डा.भीमसिंह टिंकिरीले मनाङमा बाटोको समस्याका कारण केही [&hellip;]</p>

काठमाडौं १२, कात्तिक । सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ । मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।health-post-2014

मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभर पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण गर्न पुग्ने किट पठाएको छ ।

महाशाखाका निर्देशक डा.भीमसिंह टिंकिरीले मनाङमा बाटोको समस्याका कारण केही दिनपछि मात्र किट पुर्‍याउने जानकारी दिए ।

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. विष्णु पहाडीका अनुसार किटको जाँचबाट सुरुको अवस्थामा पिसाबमा प्रोटिनको मात्रा लिक भएको छ कि छैन भन्ने पत्ता लगाइन्छ । कारोबार दैनिकबाट

Share News