काठमाडौं । दाङको बबई नदीमा अवैध रूपमा बाँध निर्माण गरी पानीको बहाव रोक्दै मोटरबोट सञ्चालन गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङले मंगलबार एक आदेश जारी गर्दै उक्त गैरकानुनी गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार पर्यटन विभागमा व्यवसाय दर्ता नगरी मोटरबोट चलाइएको, नदीको प्राकृतिक बहाव अवरुद्ध गरिएको, र बोट हेर्न पुलमा भीड जम्मा हुँदा सार्वजनिक सुरक्षामा जोखिम बढेको देखिएकाले यो कदम चालिएको हो ।
प्रशासनले कानुन र आवश्यक अनुमति नपाउञ्जेल यस्ता गतिविधि नगर्न चेतावनी दिँदै अवज्ञा भए कानुनी कारवाही हुने जनाएको छ ।