भाटभटेनी तोडफोड प्रकरण : स्याउ र सुन्तला टिप्ने ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौं । तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भाटभटेनी अगाडि भएको तोडफोडपछि पक्राउ परेका ८ जना व्यक्तिलाई हाजिरी जमानीमा छोडिएको छ । उनीहरू तोडफोडपछि भुइँमा छरिएका स्याउ, सुन्तला टिप्दै गरेको आरोपमा पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सरकारी वकिल कार्यालयको सहमतिमा उनीहरूलाई छुटाइएको हो । छुट्नेमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सस्मिता बराल छन् ।

प्रहरीले उनीहरूलाई हाजिरी जमानीमा छोडे पनि मुद्दा भने अगाडि बढ्ने जनाएको छ। सुरुवातमा ६ जनालाई छुटाइएको थियो भने पछि थप २ जना छुटाइएका हुन् ।

तीनकुने घटनाका क्रममा हालसम्म ८२ जनाविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको छ । तीमध्ये ८ जना हाजिरी जमानीमा छन् भने ७४ जना प्रहरी हिरासतमा छन् ।

प्रहरीले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउने कार्यप्रति कठोरताका साथ अनुसन्धान गरिने स्पष्ट पारेको छ ।

Share News