६ दशक पुरानो ब्रान्ड नेबिको अब कर्णाली याक्ससँग

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको क्रिकेट टिम कर्णाली याक्स र नेबिको लिमिटेडबीच सह-प्रायोजनका लागि सम्झौता सम्पन्न भएको छ ।

बिहीबार आयोजित एक विशेष कार्यक्रममा सम्झौता भएको हो ।

कार्यक्रममा नेबिकोका तर्फबाट म्यानेजिङ डाइरेक्टर अशोक पोखरेल, सीईओ होम न्यौपाने र मार्केटिङ हेड अरुण पौडेल उपस्थित थिए । 

त्यस्तै, कर्णाली याक्सका तर्फबाट म्यानेजिङ डाइरेक्टर गृहेन्द्र घिमिरे र को–ट्रेनर राजु बस्न्यातको उपस्थिति पनि रहेको थियो ।

कम्पनीले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटको प्रवर्धन र खेलकुद क्षेत्रमा योगदान पुर्याउने अवसरका रूपमा लिएको जनाएको छ ।

सम्झौताका अन्त्यमा नेबिको लिमिटेडले कर्णाली याक्स टिमलाई आगामी खेलहरूमा सफलताको शुभकामना दिँदै समग्र नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गरेको छ। 

नेबिको नेपालकै पहिलो बिस्कुट उत्पादक कम्पनी हो, जसले छ दशकभन्दा बढी समयदेखि बिस्कुट, कुकीज, कन्फेक्सनरी तथा ब्रेकफास्ट सिरियलजस्ता स्वस्थकर उत्पादनहरू बजारमा ल्याउँदै आएको छ ।

Share News