दाङमा एमालेको झण्डा जलाउने बस्नेत पक्राउ

काठमाडौं । दाङमा नेकपा एमालेको झण्डा जलाउने एक व्यक्ति पक्राउ परेका छन् । 

शुकुबार तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका हुन् ।  

बिहीबार राति साढे ९ बजे वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिलाई स्वागत गर्न उपस्थित भएका केही अपरिचित व्यक्तिहरूले एमालेको झण्डा जलाएका थिए । 

दाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ । 

घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Share News