नयाँ पर्यटकीय गन्तव्यको खोजीमा टुर व्यवसायी आफैं सक्रिय छौ- यमबहादुर खड्का

  २०७३ असोज १२ गते १०:३१     यमबहादुर खड्का

यमबहादुर खड्का, अध्यक्ष, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपाल

यमबहादुर खड्का, अध्यक्ष,
सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपाल

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालले स्थालमार्गबाट रारा घुम्ने पर्यटकीय प्याकेज सार्वजनिक गरेको छ । व्यवसायीले आफैं स्थालगत भ्रमण गरेर संभावना देखेपछि मात्रै सार्वजनिक गरेको यस्तो प्याकेजको प्रभावकारिता पनि व्यवसायीमा नै निर्भर हुने गरेको छ । नयाँ नयाँ पर्यकीय गन्तव्यको खोजी, प्रवद्र्धन र विकास गरिरहेको सोट्टो नेपालले पछिल्लो समय गरेको बाँकेको गाभर भ्यालीदेखि मुगुको रारासम्मको प्याकेज सार्वजनिक भएको छ ।  यस अघि पनि सोट्टो नेपालले नै काठमाडौबाट स्थलगत भ्रमणबाट नै इलाम र वरपरका पर्यटकीय गन्तव्य, खप्तड, लुम्बीनीदेखि स्वर्गद्वारीसहितका आधा दर्जन पर्यटकीय गन्तव्यको खोजि गर्ने र प्रवद्र्धनात्मक अभियान संचालन गरिसकेको छ । पछिल्लो पटक व्यवसायीले तयार पारेको रारा प्याकेजमा केन्द्रित रहेर सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्कासँग गरिएको कुराकानीको प्रमुख अंश ।

सोट्टो नेपालले स्थलगल अध्ययन भ्रमण गरेपछि राराको प्याकेज कसरी आगाडि बढ्छ ?

हामीले यो स्थलगत यात्रा तय गरेपछि सोट्टोका व्यवसायीबीच एक प्रकारको उत्साह पनि आएको छ । व्यवसायी आफैं सहभागि भएर तयार पारिएको प्याकेज प्रवद्र्धन गर्नमा कुनै समस्या हुन्छ जस्तो मलाई लाग्दैन । हामीले बनाउको प्याकेजलाई अन्य व्यवसायीक संस्थाले पनि आत्मसाथ गर्छन ।

सबै प्याकेज आफैंले बनाएको मात्रै संचालन गर्ने भन्ने कुरा संभाव नहुने भएकोले एउटा बनाएको नै अर्कोले प्रयोग गर्दै जाने हो । यसर्थ, यात्रा सकिएकोले अब हामीले गरेको बाँकेदखी रारासम्मकै स्थलगत भ्रणलाई प्याकेजमा उतार्छौ ।

यसका लागि हामीले बास बसेका स्थानहरु बाँकेको गाभरभ्याली, सुर्खेत, जुम्ला, कालीकोट, मुगुको पीना र रारासम्मकै वास बसेको स्थानलाई पनि पर्यटकीय प्याकेजमा सहभागि गर्छौ ।

स्थानिय तहसम्मलाई सहभागि गराउने अवस्था छ कि छैन ?

पक्कैपनि हामीले स्थानिय स्तरलाई सचेतना दिएर र उनिहरुसँगै सहकार्य गरेर प्याकेज विक्री गर्ने हो । हामीले व्यवसायी साथिहरु जो सहभागि भएका छन्, उनिहरुसँग पनि छलफल गरेर प्याकेज तय गर्छौ ।

हामीले यसपटक प्रवद्र्धनात्मक कार्यक्रम पनि राखेकोले ग्रामिण जनजीवन अध्ययन गर्ने र घुमघाम गर्ने अवसर कम भयो । पर्यटकीय प्याकेजमा भने यसलाई समावेश गरिन्छ ।

प्याकेज तय गर्ने आधार के हुन्छ त ?

पर्यटकीय प्याकेज तय गर्ने व्यवसायले घोषणा गरे अनुसार पर्यटकलाई दिने सेवा, सुविधा र आवश्यक शुल्कसहितको योजना हो । यसर्थ, पर्यटकलाई यही नै खाने र यही नै बस्ने भन्ने पनि हुँदैन । आवश्यकता अनुसारको स्थान तय गर्ने, पर्यटकले चाहे अनुसारको स्थानमा बस्ने र खाने सुविधा प्याकेजमा हुनुपर्छ ।

भनेपछि पर्यटकीय प्याकेजमा रारा घुम्नेको संभावना देखिन्छ ?

संभावना भएरपनि सबै पर्यटकीय स्थलको प्रवद्र्धन भनेकै जसरी अगाडि बढ्छ भन्ने हुँदैन । रारामा आउने पर्यटकको चाहना हुँदाहुँदै पनि समय पैसाको अभाव छ ।

पैसा हुनेलाई समय मिल्दैन, समय हुनेले भनेकै बेला पैसा खर्चन नसक्ने पनि अवस्था छ । हामीले यसलाई समयको अभाव हुनेलाई हवाई जहाजबाट र समय हुने तथा ग्रामिण जीवनको अध्ययन गर्दै घुम्न चाहने पर्यटकका लागि स्थलमार्गबाटै जाने अफर गर्ने हो ।

यही अनुसारको प्याकेज बनाउने र प्रवद्र्धन गर्ने काम गर्छौ । जो होस् हामीले स्थलमार्गकै यात्रा गरेपछि भने वाईल्याण्ड अफर गर्न सक्ने अवस्था भने भयो ।

उसोभए, आन्तरिक र वाह्य दुबै पर्यटकलाई नयाँ आइटीनरी बन्यो ?

त्यो त हामी आफैं सहभागि भएर आएकोले संभावना देखियो । हामीले जहाँ घुमेका छौ र जहाँज पुग्न सफल भएका छौं त्यो नै आन्तरिक तथा वाह्यक पर्यटककै लागि बनेको आइटीनरी हो ।

yam-khadkaस्थलमार्गकै प्याकेज त बन्यो प्रवद्र्धनको संभव देखियो त ?

सबै ठाँउमा लक्जरीयस नहुन सक्छ । जे जस्तो छ त्यस्तैमा रमाउने हो भने पक्कै पनि स्थलमार्गको प्याकेज संभव छ ।

स्थलमार्गबाट आउँदा सबै ठाउँमा होटलको सुविधा त हुँदैन नि ?

हामीले ठूला होटल र रिसोर्ट बनाउँनुपर्छ भनेर भ्रम छर्न पनि हुँदैन । जे छ त्यसैलाई प्रवद्र्धन गर्नुपर्छ । अहिले रारामा आउने पर्यटक वार्षिक ५ सय जना पुग्न मुस्किल भइरहेको समयमा होटल र रिसोर्ट आवश्यक छ भन्नु पनि भएन ।

भएकै सुविधा पर्यटक लैजानुपर्छ । बिस्तारै पर्यटक बढ्दै जाँदा आवश्यकता महसुश हुँदै जाने हो । पर्यटक बढ्दै जान थालेपछि व्यवसायीले लगानी गर्न पनि थाल्छन् । यसका लागि अहिले भने होमस्टेबाट नै पर्यटक तान्ने प्रयास गर्नुपर्छ ।

सबै ठाँउमा होमस्टे तथा होटल हुन नसके पनि टी आउस र लज त चाहिएला नी ?

हामीले स्थानियलाई होटल होइन होमस्टे सुरु गर्न प्रोत्साहन गरेका छौं । थोरै मात्रामा पर्यटक आउने भएकोले स्थानिय स्तरमा पर्यटकको लाभ बढाउनु पनि पर्छ ।

पर्यटकीय सेवा र सुविधाका लागि भने टी हाउस तथा लज पनि आवश्यक पर्ने भएकोले पर्यटक बढ्दै जाँदा पूर्वाधार थप गर्दै जान सकिन्छ । यो आवश्यकताको सिद्धान्तले निर्धारण गर्छ ।

रारा आउन चाहने पर्यटकको लागि अनुमानित लागत त चाहियो नि ?

सामान्यतया अलिकति होमवर्क गरेर प्याकेज सार्वजनिक गर्नुपर्ने हुन्छ । तर, अहिले हामीले गरेको तयारी अनुसार ३५ देखि ४० हजार रुपैयाँसम्ममा हवाई जहाजबाट र २५ देखि ३० हजार रुपैयाँसम्ममा स्थलमार्गबाट रारा घुम्ने प्याकेज बनाउँन सक्छौं ।

उसोभए, अब राराको स्थलगत प्याकेजसहितका आइटीनरी सार्वजनिक हुन्छ ?

पक्कैपनि । हामीले यसमा लागतसहित प्याकेज सार्वजनिक गर्ने र आवश्यकता अनुसारको थपघट गर्न सकिन्छ भनेर अनुमानित निकाल्ने भन्ने मात्रै हो । कतिपय आवस्थामा यात्रा भनेको ठ्याक्कै भनेकै अनुसारको लागत नलाग्ने र कहिलेकाँही अनुमानित गरेकोले नपुग्ने पनि हुन सक्छ ।

यसर्थ स्थानिय तथा राजनीतिक दलसँग पनि सहकार्य गरेर उपयुक्त साथ र सहयोगसहितको प्योकज बनाउँन सकियो भने थप प्रभावकारी हुन्छ । हवाई मार्गको आइटीनरी पहिल्यै तय भैरहेकोले अब स्थलमार्गको पनि थप चाहिँ भयो ।

स्थानियको सहयोग विना प्याकेज सफल त हुँदैन नी ?

स्थानियको साथ र सहयोग अवश्य चाहिन्छ । स्थानियले सहयोग नगरे वा उनिहरुको पनि पर्यटक बढाउने स्वार्थ भएन भने गाह्रो हुन्छ । पर्यटन व्यवसाय भनेको एउटाले मात्रै लाभ गर्ने क्षेत्र होइन ।

पर्यटन व्यवसायले अर्को व्यवसायलाई पनि लाभ दिने हुन्छ । उत्पादनमा, आम्दानीमा जोड दिनुपर्छ । पर्यटक आउँदा उनिहरुले लैजाने स्थानिय स्तरबाट उत्पादिन कोशेसी हुनुपर्छ । लोकल प्रडक्टलाई प्राथमिकता दिनुपर्छ ।

त्यसो हुँदा सहर बजारबाट किनेर ल्याउने चाउँचाउ होइन स्थनिय स्तरमै पाइने कोदाको रोटीलाई प्राथमिकता दिन सक्नुपर्छ । पर्यटक एक ठाँउबाट अर्को ठाँउमा पुग्दा फरकफरक उत्पादन, सेवा, सुविधाको क्षेत्रले पनि लाभ गर्न सक्ने भएकोले स्थानिय स्तरमा नै फाइदा हुने हो । स्थानिय स्तरको पर्यटन प्रवद्र्धन हुन त्यहिँ ठाउँ र समूदायले सहयोग अवश्य पनि गर्नुपर्छ ।

रारामा पर्यटनको पूर्वाधारमा सरकारले बनाउँने कि स्थानिय स्तरको जागरण बढाउँन ?

कतिपय स्थानमा सरकार र स्थानिय दुबैको उत्तिकै आवश्यकता पर्छ । स्थानिय स्तरबाट हुन सक्ने काम त्यहिबाट हुनुपर्छ । राज्य स्तरबाट हुने नीतिगत तथा ठूला पूर्वाधार निर्माण पनि हुनुपर्छ । स्थानियले साइकल ट्याक बनाउने, हाइकिङ गराउँनेसहितका काम गर्न सक्छन् ।

कस्ता खालका पर्यटकीय गतिविधि हुनुपर्छ ?

पर्यटकीय गतिविधि भनेको त स्थानियले नै बढाउँदै जाने हो । स्थानियकै पहलमा साइक्लिङ हुनुपर्छ, हाइकिङ, गाउँ घुमाउने कार्यक्रम, टुर गाइड विकास गर्ने काम, स्थानिय क्षेत्रको पहिचान गराउँने, पर्यटकलाई राराको महत्व दर्शाउने, पर्यटकलाई होमस्टेमा राख्नेसहितको काम गर्न बाहिरका व्यवसायी जानु पर्दैन । स्थानिय आफैंले गर्ने हो र यसको लाभ पनि स्थानियले नै लिने हो ।

पर्यटक सेवाका सवारी साधनबाट सेवा दिन सकिने अवस्था कस्तो छ ?

स्थानिय व्यवसायीले नै अग्रसरता लिन सकेको अवस्थामा हुन सक्छ । बाहिरका व्यवसायीलाई ल्याउनु भन्दा यहीका व्यवसायीले पहल गराएर भएको काम प्रभावकारी र दिगो हुन्छ ।

काठमाडौंबाट र वाहिरका व्यवसायीले गर्ने लगानीले स्थायिनलाई लाभ दिन सक्दैन । आवश्यकताको आधारमा भने पक्कै पनि पर्यटक सवारीबाट सेवा दिन पनि सकिन्छ । त्यसका लागि स्थानियले गर्न नसके बाहिरकाले पनि लाभ हेरेर सेवा दिन सक्छन्् । आवश्यकताको सिद्धान्तले निर्धारण गर्छ यस्तो विषय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.