पाँच कम्पनीलाई साढे तीन अर्बको हकप्रद सेयर निष्काशन गर्ने अनुमति

  २०७३ असोज १२ गते १५:१६     विकासन्युज

right-issueकाठमाडौं, १२ असोज । बिभिन्न पाँच वटा बैंक तथा वित्तिय संस्थाले साढे तीन अर्ब मुल्य बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंक, सिद्धार्थ बैंक, सेती फाइनान्स, सेवा विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकलाई तीन अर्ब ४८ करोड ७१ लाख २४ हजार एक सय मुल्य बराबरको हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो ।

कृषि विकास बैंकले २ बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । असोज २ गते हकप्रद सेयर निष्काशनको अनुमति पाएको यस बैंकले एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

त्यस्तै, असोज २ गते नै सिद्धार्थ बैंकले ४ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयरको निष्काशन अनुमति पाएको हो । बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सिद्धार्थले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

सोही मितीमा सेती फाइनान्सले पनि एक बराबर एक दशमलब ५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । फाइनान्सले ९ लाख ५१ हजार ७सय ८६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सेती फाइनान्सले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

बोर्डले असोज ६ गते सेवा विकास बैंक र ७ गते वेष्टर्न डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । सेवाले एक दशमबल एक दशमलब २ कित्ताको अनुपातमा एनएमबी क्यापिटल मार्फत ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

वेष्टर्न डेभलपमेन्ट बैंकले पनि एक बराबर एक कित्ताको अनुपातमा प्रभु क्यापिटल मार्फत १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछन् । बुक क्लोज पुर्व सेयर खरिद गर्ने लगानी कर्ताहरुले हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.