प्रधानमन्त्री दाहाललाई सेक्युरिटी थ्रेट, प्रधानमत्री चितवनमा, सुरक्षा सतर्कता बढाइयो

  २०७३ असोज १३ गते ७:४१     विकासन्युज

काठमाडौं १३, असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ । मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ ।
pm_prachanda
प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको चौबीसकोठीदेखि विमानस्थल वरपर महेन्द्र राजमार्गमा सवारी साधान चलाउन नदिएको खबर विहिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ।

प्रधानमन्त्री दाहाल विमानस्थलबाट निस्केपछि मात्रै सवारी साधन राजमार्गमा गुड्न दिइएको थियो। उनी सहभागी सबै कार्यक्रममा प्रहरी र प्रधानमन्त्रीका सुरक्षाकर्मीले कडा सुरक्षा दिएका थिए ।

सुरक्षाकै कारण प्रधानमन्त्री दाहाल बास बस्न साँझ चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा पुगेका छन् ।

यसअघि जिल्ला जादा उनी होटेलमा बास बस्ने गरेका थिए । चितवनमा विभिन्न कार्यक्रममा सहभागी भएका दाहाल बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.