केल्भिनेटर एसी अब नेपाली बजारमा

  २०७३ कार्तिक ४ गते १३:३२     विकासन्युज

काठमाडौं, ४ कात्तिक । नेपालको एक मात्र आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्र्तगत इ.ओ.एल. कम्पनीले केल्भिनेटर (अमेरिकन प्रविधि) एसी नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले पहिलो पटक नेपाली ग्राहकहरुको माझमा उक्त ए.सी. भित्र्याएको हो ।
kelvinator1

कम्पनीले यसअघि चेष्ट फ्रिजर, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन जस्ता घरायसि सामाग्री भित्र्याएको थियो । ग्राहकहरुको मन जित्न सफल केल्भिनेटर ब्राण्डले फेरिपनि ग्राहकहरुको मन जित्न ए.सी भित्राएको हो । कम्पनीका अनुसार यो ए.सी १.० टन र १.५ टन गरी दुई वटा मोडलहरुमा उपलब्ध छन् ।

kelvinatorअमेरिकन प्रविधिबाट निर्मित उक्त ए.सीमा इन्स्ट्यान्ट हिट (तुरुन्तै तातो गर्ने), टुर्बो कुल (तुरुन्तै चिसो गर्ने), गोल्ड फिन, एन्टी ब्याक्ट्रियल तथा सिल्भर लोन फिल्टर, लोयूभर स्टेप कन्ट्रोल (हावा को दिशा लाई कन्ट्रोल गर्न सकिने) तथा रिमोट मा नाइट ग्लो बटम र सबै भन्दा महत्वपूर्ण कम भन्दा कम विद्युत खपत गर्ने जस्ता विशेषता रहेका छन् । यस ए.सी बजारमा पाईने अरु ए.सीहरु भन्दा भिन्न रहेको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.