इमाडोलमा पाइपबाट ग्यास निकालियो, टेकुमा एक महिना भित्रै

  २०७३ कार्तिक ५ गते १७:१३     नारायण पौडेल

काठमाडौं, ५ कात्तिक । ललितपुरको इमाडोलस्थित ग्यास कुवाबाट पाइपमा ग्यास निकालेर चुलो बालिएको छ । उद्योग मन्त्री नविन्द्रराज जोशीले शुक्रबार पाइपबाट निकालिएको ग्यासले चुलो बालेका हुन् । उपत्यका भित्रका १४ वटा कुवामध्ये ब्लक नम्बर सीमा पर्ने इमाडोलको प्लान्टमा नेपाली इञ्जिनियरहरुले तयार पारेको कम्प्रेसर मेसिनले ग्यास निकालिएको हो ।

gass_mantriपछिल्लो तथ्यांक अनुसार जमिन मुनिबाट निकालीएको पदार्थमा ८५ प्रतिशत पानी र १५ प्रतिशत मिथेन ग्यास पाइएको छ । यसअघि जापानी सहयोग नियोग(जाइका)ले सन १९७८ मा गरेको अध्ययनले भने ४० प्रतिशतसम्म ग्यास रहेको प्रतिवेदन तयार पारेको थियो ।

उद्योग मन्त्री नविन्द्रराज जोशीले एक महिना भित्रै टेकुको प्लान्टबाट समेत ग्यास निकाल्ने बताए । ‘आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि आन्तरिक श्रोत तथा साधानको अधिकतम उपयोग गर्ने नीति अनुसार सरकार अघि बढेको छ, अब टेकु प्लान्टको काम पनि एक महिना भित्रै सम्पन्न हुन्छ’, मन्त्री जोशीले भने ।

खानी तथा भुगर्भ बिभागका महानिर्देशक राजेन्द्र खनालले विभागको बार्षिक कार्यक्रम अनुसार परिक्षणका रुपमा पाइपबाट ग्यास निकालिएको बताए । अब बिशेष अध्ययनपछि व्यवसायीक रुपमा ग्यास निकाल्न सम्भव छ वा छैन पत्ता लगाउने पनि बताए ।

gassssकसरी निकालियो ग्यास ?
गत बर्ष भारतले नाका बन्दी लगाएपछि सरकारले आत्मनिर्भर बन्ने भन्दै तत्कालिन तथा दिर्घकालिन सबै उपाय खोजेको थियो । जस अनुसार सोही अवधीमा इमाडोलमा ३५० मिटर खनेर वेल हालिएको थियो । सो वेलबाट मेसिनले पानी तानेर कम्प्रेसरमा राखिन्छ । कम्प्रेसरले ग्यसलाई पाइपको माध्यमबाट पठाउँछ भने पानीलाई बाहिर फालिदिन्छ ।

१५ लाखको मोबाइल ग्यास प्लान्ट
पुल्चोक इञ्जिनियरिङ कलेज, थापाथली इञ्जिनियरिङ कलेज, नास्ट र विभागका इञ्जिनियरहरुको संयुक्त प्रयासमा मोबाइल ग्यास प्लान्ट तयार पारिएको छ । प्लानतलाई गुडाएर अन्यत्र समेत लैजान मिल्छ । त्यसका लागि १५ लाख रुपैंयाँ खर्च लागेको विभागका महानिर्देशक राजेन्द्र खनालले जानकारी दिए ।

gass_pipe_22२० हजार परिवारलाई ५० बर्षसम्म पुग्ने ग्यास
जाइकाको अध्ययनले २० हजार परिवारलाई ५० वर्षसम्म उपभोग गर्न पुग्ने ग्यास रहेको रिपोर्ट तयार पारेको थियो । तर पछिल्लो अध्ययनले भने पानीमा ग्यासको मात्रा कम रहेको उल्लेख गरेको छ ।

gass_machineपाइपबाट मात्रै उपभोग
मिथेन ग्यासलाई सिलिण्डरमा भरेर प्रयोग गर्न सकिन्न । यसलाई पाइपमार्फत घर घरमा पुर्याउनु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.