खर्च अभावमा सर्वसाधारणलाई चाडावाड मनाउन समस्या, दसैं दशा-तिहार पीडा भएको गुनासो

  २०७३ कार्तिक ६ गते ८:२६     विकासन्युज

काठमाडौं ६, कात्तिक । राजधानीबाट गोरखाको आरुघाटसम्म पुग्न ठमेलका राजु खनालले सात सयको सट्टा एक हजार तीन सय रुपियाँ टिकट भाडा तिरे । तर पनि उनले बसमा सिट पाएनन् उभिएर एक दिन लामो यात्रा पार गरी आरुघाट पुगे ।

दसै‌ मनाएर फर्किदा पनि त्यही दशा दोहोरियो । टिकट लिएको बसको बीच बाटोमा पाता भाँचिएपछि यात्रुले खचाखच भरिएको अर्को बसमा उभेर यात्रा गर्नुपर्‍यो ।

फाइल तस्बिर

फाइल तस्बिर

यस पटकको दसैँमा निकै जोखिम मोलेर आवातजावत गर्नुपर्‍यो उनले भने सामान्य परिवारका लागि यस्तो चाडवाड नआएकै राम्रो । यस्तै, पीडाका बीचमा दसै मनाएर सुदूरपश्चिमको बैतडीबाट राजधानी आइपुगेका राजेन्द्र पनेरु यतिवेला सबैलाई दसैँ लाग्दो रहेछ भन्दारहेछन् ।

दसैँ मनाउन करिब ३० घण्टा बसको ग्यालरीमा बसेर गृह जिल्ला बैतडी पुगेका पनेरुलाई राजधानी फर्किंदा पनि त्यस्तै सास्ती भयो । जाँदा जे जस्तो दुःख कष्ट भयो, फर्किदा पनि त्यस्तै । श्रीमती बच्चा बच्ची सबैको विचल्ली, के दसैँ मनाउनु थियो दुःख र पीडा मात्र उनले पीडा पोखे ।

काठमाडौंबाट चितवन करिब पाँच घण्टामा नै पुगिन्छ बसमा । तर, यो दसैँमा एक दिन नै लाग्यो । राजमार्गमा सवारी साधनको बाक्लो चापसँगै बन्दै गरेको नारायणघाट– मुग्लिन सडक खण्डले यात्रुको सातो नै उडायो ।

लामो दूरीको यात्रा, दिक्क लाग्दो जाम र विजोग अवस्थाको सडक देख्दा दसैँ मनाउन घर जाँदै गरेका यात्रुलाई पनि किन आयो भन्ने जस्तै लाग्थ्यो ।

यी घटनाहरूबाट प्रष्ट हुन्छ, चाडपर्वहरू सामान्य नेपालीहरूका लागि महँगा र खर्चिला मात्र होइन दुःख, पीडा र यातनाको भारीसमेत बन्नथालेका छन् ।

वर्ष दिनमा एकपटक आउने यस्ता महान चाडवाड तथा पर्वहरूले सर्वसाधारणलाई निकै सास्ती दिने गरेको छ । यस्तै दुःख र पीडाको भारी बनेको छ महान चाड वडा दसैँ । दसैँमा नयाँ लुगा लगाउनु र मीठो मसिनो खानु अनिवार्य जस्तै भएको छ । गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.