हस्तक्षेप पछि कृषि बिकास बैंक अन्योलमा, दैनिक प्रशासनिक काममा पनि बोर्ड संलग्न

  २०७१ माघ ३ गते १४:२५     विकासन्युज

३ माघ । संचालक समितिको हस्तक्षेप पछि कृषि विकास बैंक ब्यवस्थापन प्रमुख विहिन भएको छ । ३१ असोजमा बैंकको प्रमुख कार्यकारीवाट तेजबहादुर बुढाथोकीलाई हटाएपछि बैंकका समस्या देखिएको हो ।
बैंक संचालक समितिले बुढाथोकीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै १३ महिना कार्यकाल बाँकी छदै उनलाई पदवाट हटाएको थियो । बुढाथोकीलाई प्रमुख कार्यकारी अधिकृतबाट हटाएर साही बैंकका बरिष्ठ उपमहाप्रबन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।
बोर्डको यस्तो कार्य गैरकानुनी भएको भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले अदालतमा निवेदन दिएका थिए । संचालक समितिले पदवाट आफूलाई हटाउन गरेको निर्णय गैरकानुनी भएको भन्दै यस्तो निर्णय रोक्ने आदेश माग गरेका थिए । अदालतले दुबै पक्षलाई बोलाएर छलफल गर्नको लागि मंसिर २७ गतेदेखि नै मिति तोक्दै आएको भएपनि यो विषय अझै विचाराधिन नै छ ।
बुढाथोकीले मुद्दा हालेकै समयमा बैंक संचालक समितिले बैंककै पूर्वसंचालक लिलाप्रकास सिटौलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरको थियो । बैंक संचालक समितिले २८ मंसिरमा सिटौलालाई प्रमुख कार्यकारीमा नियुक्त गरेपनि अदालतले ४ पुसमा सिटौलालाई प्रमुख कार्यकारीको हैसियतमा काम नगर्नु नगराउनु भनेर आदेश दिएको छ । अदालतको यस्तो निर्णय पछि अहिलेसम्म बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कसैले पनि जिम्मेवारी लिएको छैन ।
नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भैसकेको कारण कसैलाई निमित्त दिन नमिल्ने र अदालतको आदेशको कारण नियुक्त भएका प्रमुख कार्यकारी अधिकृतले पनि काम गर्न नसक्ने अवस्था आएको बैंक संचालक समितिका अध्यक्ष प्रमोद काकीले बताए ।
‘कसैलाई निमित्त दिन पनि सक्ने अवस्था छैन’– कार्कीले भने– अदालतले प्रमुख कार्यकारी अधिकृतलाई पनि काम नगराउनु भनेकोले उहाँलाई पनि काम गराउन सक्ने अवस्था भएन । अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत भए÷नभएको भनेर यसै भन्न नसकिने अवस्था रहेको कार्कीको भनाइ छ ।
प्रमुख कार्यकारी अधिकृत नभएको कारण बैंकको नियमित काममा पनि संचालक समितिले निर्णय दिने गरेको छ । बैंकको प्रमुख कार्यकारीमा सिटौलालाई नियुक्त गरेपछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिइरहेका बरिष्ठ उपमहाप्रबन्धक अनिलकुमार उपाध्याय पनि विदामा बसेका छन् । बैंक संचालक समितिले बुढाथोकीको मुद्दाको किनारा नलागुन्जेल उपाध्यायलाई पुन निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी लिइदिन अनुरोध गरेपनि उनले अस्वीकार गर्दै घरविदामा बसेका बैंक स्रोतले जानकारी दिएको छ ।
बैंकको दैनिक प्रकाशनिक काम संचालन गर्नको लागि पनि समस्या भएपछि बैंक संचालक समितिले यसको जिम्मेवारी आफैले लिएको छ । उपमहाप्रबन्धकहरुले गर्न सक्ने र पाउनेसम्मको निर्णय उनीहरुलाई गर्न दिने र सोभन्दा माथिल्लो तहको निर्णय वोर्डले नै गर्ने गरेको बैंक संचालक समितिका अध्यक्ष कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.