भूकम्पबाट मर्नेको संख्या करिब ४८ सय पुग्यो, १० हजार घाइते

  २०७२ वैशाख १६ गते ९:५१     विकासन्युज

विकासन्युज/ बैशाख १६, काठमाडौं ।

गत शनिबार र आइतबार गएको भुकम्पका कारण मृत्यु हुनेको संख्या बुधबार बिहानसम्म बजेसम्म
४७ सय ८५ पुगेको छ भने  ९ हजार ९५२ जना घाईत भएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार सो संख्या बुधबार बिहान ६ बजेसम्मको हो ।

काठमाडौं उपत्यकामा मात्रै १४ सय ४८ जनाले ज्यान गुमाएका र  ५३ सय ७६ जना  घाईते भएको प्रहरीले जनाएको छ । उपत्यकाभित्र काठमाडौ जिल्लामा १०३९ जना,  ललितपुरमा  १५९ जना र  भक्तपुरमा  २५० जनाको मृत्यु भएको छ । हालसम्म सबैधन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक मा पुगेको छ । त्यहाँ १२६० जनाको मृत्यु भइसकेको प्रमाणित भएको छ भने सो संख्या बढिरहेको प्रहरीले जनाएको छ ।

तथ्यांकमा क्षति

पूर्व क्षेत्र   मृतक ५१ घाईते २०४

भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १७
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक २८८५ घाईते ३२२१
रामेछाप २४
सिन्धुपाल्चोक १२६०
धनुषा १
मकवानपुर ३४
रसुवा ३०२
दोलखा ५४
चितवन ६
नुवाकोट ५६०
धादिङ ३५५
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २६८
पश्चिम क्षेत्र मृतक ३९९ घाईते ११३०
गोरखा ३९१
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १

स्रोतः नेपाल प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.