२०७२ वैशाख १७ गते ८:३१ विकासन्युज
विकासन्युज काठमाडौं, १७ बैशाख ।
महाभूकम्प गएको छैटौं दिन बिहीबार बिहान ७ बजेसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५५ सय ३० पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार सो विपत्तिमा परी ८३ सय ५ जना घाईते घाइते भएका छन् ।
हालसम्म सबेभन्दा धेरै सिन्धुपाल्चोक जिल्लामा १५ सय ८७ जनाको ज्यान गइसकेको छ भने काठमाडौमा १ हजार ८९ जनाको शव फेला परेको छ । उपत्यकाका ३ जिल्लामा गरी १५ सय १९ वटा शव उत्खनन गरिएको र २५ सय ७४ जना घाइतेको उपचार भइरहेको छ । अन्य घाइतेलाई डिस्चार्ज गरिसकिएको प्रहरलिे जनाएको छ । मुख्य भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लामा हालसम्म ४०५ जनाको ज्यान गइसकेको छ ।
हालसम्मको मानवीय क्षतिको विवरण
उपत्यका मृतक १५१९ घाईते २५७४ (अन्य डिस्चार्ज गरिएको)
काठमाडौ १०८९
ललितपुर १६९
भक्तपुर २६१
पूर्व क्षेत्र मृतक ५२, घाईते २६०
भोजपुर २
सुनसरी ७
सोलु २२
ओखलढुंगा १८
ताप्लेजुंग १
मोरङ् २
मध्य क्षेत्र मृतक ३५४४ घाईते ४२८३
रामेछाप २४
सिन्धुपाल्चोक १५८७
धनुषाा १
मकवानपुर ३३
रसुवा ३०४
दोलखा ६०
चितवन ६
नुवाकोट ७०७
धादिङ ५२७
सिन्धुली ९
बारा ५
पर्सा ५
सर्लाही १
रौतहट १
काभ्रे २७४
पश्चिम क्षेत्र मृतक ४१३ घाईते ११६७
गोरखा ४०५
कास्की २
नवलपरासी १
तनहु १
लमजुङ्ग ४
मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१
रोल्पा १
रुकुम १
Copyright © 2024 Bikash Media Pvt. Ltd.