टेलिकमले दिँदै आएको निःशुल्क सेवा बिहीबार राति १२ बजेसम्म

  २०७२ वैशाख १७ गते २०:४५     विकासन्युज

विकासन्युज / काठमाडौं, बैशाख १७ ।
गत शनिबार आएको भूकम्पका कारण आहत भएका उपभोक्तालाई राहत पुगोस् भन्ने उद्देश्यले बैशाख १२ गते दिनको १२ बजे देखि दिँदै आएको निःशुल्क सेवा बैशाख १७ गते रातको १२ बजेसम्ममात्र कायम रहने जनाएको छ ।

टेलिकमले सो अवधिमा जिएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पुर्ण अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय कलहरु तथा एसएमएस र डाटा निःशुल्क उपलब्ध गराएको थियो ।
बिहीबार राति १२ बजेपछि सम्पूर्ण सेवाको नियमानुसार महसुल लाग्ने र रिचार्ज कार्डको उपलब्धता सहज नभए सम्मको अवधिको लागि ब्यालेन्स सकिए तापनि कल तथा एसएमएस सुविधा उपलब्ध हुने, तर पछि पैसा काटिने टेलिकमले जनाएको छ ।

साथै ल्यान्डलाइन टेलिफोनको बैशाख महिनाको न्यूनतम महसुलमा थप १०० कल निःशुल्क गरिएको र विभिन्न क्षेत्रहरुमा इन्टरनेट चलाउनका लागि कम्पनीले सञ्चालन गरिरहेको वाइफाइ हटस्पट सेवा बैशाख ३१ गते सम्मको लागि निःशुल्क रुपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.