२०७२ कार्तिक १७ गते १८:४४ विकासन्युज
काठमाडौँ, १७ कात्तिक । जलविद्युत् लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा उत्साहपूर्ण सहभागिता रहेको छ । कम्पनीले कुल दुई अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको छ ।
मंगलबारसम्म रु १० अर्ब ७५ करोड बढीको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । अन्तिम दिनसम्ममा २० अर्ब रुपैयाँ बराबरको सेयर माग आवेदन हुन सक्ने विष्लेषण गरिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए ।
यही कात्तिक १२ गतेदेखि खुल्ला गरिएको साधारण सेयर १९ गतेसम्म आवेदन गर्न सकिन्छ । आवेदकको उत्साह र विश्वासले आफूलाई अत्यन्तै उत्साहित बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.