पेट्रोलको लाईनमा बस्दै हुनुहुन्छ ! यी हुन आज पेट्रोल बाँढ्ने ६० पम्पहरु !

  २०७२ कार्तिक १९ गते ९:०७     विकासन्युज

Bikashnews.com
काठमाडौंं, १९ कात्तिक । नेपाल आयल निगमले आजबाट तीन दिनसम्म निजी सवारी साधनलाई पेट्रोल वितरण गर्दै छ । निगमले तीन दिनमा नौ लाख लिटर पेट्रोल निजी सवारी साधनलाई वितरण गर्ने तयारी सहित तालिका समेत सार्वजनिक गरिसकेको छ ।

त्यसको सुरुवात आजबाटै हुँदैछ । निगमले मोटरसाईकललाई पाँच र कारलाई १० लिटर पेट्रोल उपलब्ध गराउने बताएको छ । निगमले तयार पारेको तालिका अनुसार आज काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका ६० वटा पम्पहरुबाट निजी सवारी साधनलाई पेट्रोल वितरण गरिनेछ ।
Noc_1_today
लाईनमा रहेका सवारी साधनलाई पम्प व्यवस्थापनले कुपन उपलब्ध गराउने छ । कुपन पाउने सवारीले पेट्रोल पाउनेछन भने अन्यले पाउने छैनन् । आफुले पाएको पेट्रोलको मात्राका आधारमा पम्पहरुले कुपनल वितरण गर्नेछन । आज एकदेखि ३० लटसम्मका मोटरसाईककल तथा एकदेखि ५ लटसम्मका निजी कारलाई पेट्रोल वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.