इन्धन आपुर्तिमा सरकार विकल्पहिन, केहिदिनमै अवस्था भयावह बन्ने

  २०७२ कार्तिक १९ गते १६:५३     विकासन्युज

काठमाडौं, १९ कात्तिक । भारतीय नाका बन्दीसँगै सुरु भएको इन्धन अभाव टार्न सरकार विकल्पहिन देखिएको छ । सरकारले न भारतसँगको नाका बन्दी खोल्न ठोस पहल गर्न सकेको देखिन्छ न त चीन वा तेश्रो मुलुकबाटै इन्धन आपुर्ति गर्ने बारे ठोस पहल गर्न सकेको छ ।

Bikashnews.com

सरकारले नाका बन्दीलाई अन्तराष्ट्रिय करण समेत गर्न नसकेको स्वयं मन्त्रीले नै स्विकार्न थालेका छन भने सचिव तथा आयल निगमका पदाधिकारीले केहि दिनमै अवस्था भयावह हुने घोषणा गरेका छन् । ‘भारतीय नाका बन्दीलाई अन्तराष्ट्रियकरण गर्न नसकेको हामीलाई पनि महशुस भएको छ ।’, बिहिबार व्यवस्थापिका संसदको उपभोक्ता समितिमा उपस्थित भएका बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले भने । उनले इन्धन आपुर्तिलाई सहज बनाउने प्रयास भैरहेको बताए पनि के के प्रयास भैरहेको छ भन्ने खुलाउन सकेनन् ।

उनले डिजेल तथा पेट्रोल चीनबाट ल्याउने सम्झौता भए पनि कठिन सडकका कारण समस्या उत्पन्न भएको बताए । खाना पकाउने एलपी ग्याँस चीनबाट ल्याउन नसकिने जानकारी दिँदै मन्त्री पुनले हवाई जहाजबाट समेत एलपीजी ल्याउन नमिल्ने बताउँदै सरकार विकल्प हिन बन्दै गएको संकेत गरे ।

समितिको बैठकमा आपुर्तिका बारेमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै आपुर्ति मन्त्री गणेशमान पुन ।

समितिको बैठकमा आपुर्तिका बारेमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै आपुर्ति मन्त्री गणेशमान पुन ।

सांसदहरुको आक्रोश जडित प्रश्नहरुको जवाफ दिन उपस्थित भएका बाणिज्य मन्त्री पुन हतास मानसिकतामा देखिन्थे । बाणिज्य सचिव ङईन्द्र प्रसाद उपाध्यायले त झन केहि दिनमै अवस्था भयावह हुने चेतावनी दिए । नेपाल आयल निगमका प्रबन्ध निर्देशन गोपाल बहादर खड्काले चारपछि हवाई सेवा ठप्प हुने घोषणा गरे ।

मन्त्री, सचिव र निगम प्रमुखले एलजी ग्यासको आपुर्ति चुनौती पुर्ण रहेको बताएका थिए । सचिव उपाध्यायले चीनमा २५ टनका ग्यास बुलेट मात्रै हुने र नेपाल तर्फको सडकमा १२ हजार लिटर पेट्रोल बोक्ने सवारी साधन समेत नभएकाले समस्या उत्पन्न भएको बताए ।

निगमका प्रबन्ध निर्देशक खड्काले चीनसँग कुल खपतको ३३ प्रतिशत इन्धन किन्ने सम्झौता भएको बताउँदै व्यवसायीक सम्झौताको प्रक्रिया अघि बढेको बताए । हाल मागको १५ प्रतिशत मात्रै इन्धन मुस्किलले आईरहेको बताउँदै उनले पछिल्ला केहि दिनमा त्यो पनि घटेको जानकारी दिए । ‘अहिलेसम्म त मागको १५ प्रतिशतको हाराहारीमा आयात भैरहेको थियो, पछिल्ला दिन त्यो पनि घटेको छ, केहि दिनमै भयावह अवस्था आउँछ ।’ निगमका प्रबन्ध निर्देशक खड्काले भने ।

सांसदहरु खनिए
बणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुन, सचिव ङइन्द्र प्रसाद उपाध्याय, बाणिज्य बिभागका महानिर्देशक शम्भु कोइराला तथा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काले आपुर्ति व्यवस्था र भएको इन्धन वितरणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए ।

मकवानपुरका सांसद सुभाषचन्द्र ठकुरीले बिराट पेट्रोलाई इन्धन आपुर्तिको जिम्मा दिने निगम सञ्चालक समितीको निर्णय प्रति आपत्ति जनाए । उनले चीनसँग पेट्रोलियम पदार्थ ल्याउन सरकारी पक्षबाट ठोस काम नभएको आरोप पनि लगाए ।

मन्त्रालयले अन्तरमन्त्रालय समन्वय नगरेर आलटाल गरेको आरोप पनि लगाए । बिराट पेट्रोलाई इन्धन ल्याउन अनुमति दिँदा ४ करोडको घोटाला भएको बताउँदै छानविन समिति गठन गर्नु पर्ने पनि बताए । अर्का सांसद दिपक कार्कीले भएको इन्धन समेत न्यायोचित ढंगले वितरण गर्न नसक्ने सरकारी संयन्त्रबाट जनताले के आश गर्ने भनि प्रश्न गरेका थिए ।

अर्का सांसद नागेन्द्र चौधरीले नाका बन्दी हो की होइन भन्ने बारे स्पष्ट हुनु पर्ने बताए । सांसद अम्बिका बस्नेत, रामबिर मानन्धर, नारायणमान कार्की, शान्ता मानवी, कञ्चनचन्द्र वादे लगायतले मन्त्रालयको नेतृत्व असक्षम बन्दै गएको टिप्पणी गरेका थिए । उनीहरुले सरकार विकल्पहिन बन्दै गएको निष्कर्ष निकाल्दै ठोस पहलकदमीका लागि आग्रह पनि गरे ।

सभापतिले निर्देशन दिन मानेनन्

समितिको बैठकमा सभापति भिष्मराज आङलाङवे ।

समितिको बैठकमा सभापति भिष्मराज आङलाङवे ।

समितिका सभापति भिष्मराज आङलाङवेले आपुर्ति व्यवस्थापनको उचित प्रबन्ध मिलाउन सरकारका नाममा निर्देशन दिन मानेनन् ।
सांसदहरुले पटक पटक कडा निर्देशन दिन आग्रह गर्दा पनि उनले थप छलफल आवश्यक रहेको भन्दै निर्देशन दिन आनाकानी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.