निगमका हाकिम भन्छन्- ज्योतिषीले भनेको फागुनसम्म इन्धन सहज हुँदैन

  २०७२ मंसिर ९ गते १८:३७     विकासन्युज

Bikashnews.com

काठमाडौं, ९ मंसिर । मंगलबार व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठक थियो । बैठकमा आमन्त्रण गरिएका थिए बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुन, सचिव ङइन्द्र प्रसाद उपाध्याय र नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का लगायत ।

एक बजेका लागि बोलाईएको बैठक सुरु हुनै लाग्दा सबै अनौपचारिक कुराकानीमा व्यस्त थिए । त्यत्तिकैमा एक जना सांसदले भने–यस्तो अवस्था कति दिन रहने हो ? जनताले कति दिन सहुन पर्ने हो यो सास्ती ?

निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का मुसुस्क हाँसे अनि भने–मैले एक जना ज्योतिषीलाई नेपालका बारेमा हात(चिना) हेराएको थिएँ, उनी भन्दै थिए नेपालको खराब समय चलिरहेको छ, त्यसैले फागुनसम्म आपुर्ति व्यवस्था सहज हुन्न ।’

गोपाल बहादुर खड्काले भनेको सबै सांसद र आगन्तुकहरुले सुनेनन् । जतिले सुने उनीहरु मुसुमुसु हास्दै दंग मात्रै परिरहे । ठिक त्यहि समयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले प्रश्न गरे–‘त्यसो भए जनताले फागुनसम्म यस्तै सास्ती भोग्नु पर्छ ?’ खड्काले जवाफमा भने‘ खोई हजुर के भन्ने हामीले अनुमान गर्न नसक्ने भयौं अनि के गर्नु ज्योतिषीको कुरामा विश्वास नगरेर ।’ उनले नेपालमा कहिले इन्धनको सहज आपुर्ति हुन्छ भन्ने आफुहरुले भन्नै नसक्ने बताउँदै ज्योतिषीले भने अनुसार फागुनसम्म आपुर्ति सहज नहुने दावी गरे । तर कुन ज्योतिषीले त्यस्तो भनेको भन्ने चाँही न खड्काले खुलास्त पारे न त कसैले उनलाई सोध्यो नै ।

समितिको बैठकमा सांसदहरुले निगमकै सलंग्नतामा इन्धनको कालोबजारी भैरहेका भन्दै चर्काे आलोचना गरेका थिए । उनीहरुले चीनसँग हुने इन्धन कारोबारको बिजनेश मोडल समेत मागेका थिए । तर मन्त्री, सचिव र निगमका कार्यकारी निर्देशक तिनै जनाले आफुहरुसँग त्यस्तो बिजनेश मोडल नभएको र त्यो छलफलकै क्रममा रहेको बताएका थिए
ज्योतिषीले भनेको फागुनसम्म इन्धन सहज हुँदैन– खड्का
काठमाडौं, ९ मंसिर ।
मंगलबार व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठक थियो । बैठकमा आमन्त्रण गरिएका थिए बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुन, सचिव ङइन्द्र प्रसाद उपाध्याय र नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का लगायत ।
एक बजेका लागि बोलाईएको बैठक सुरु हुनै लाग्दा सबै अनौपचारिक कुराकानीमा व्यस्त थिए । त्यत्तिकैमा एक जना सांसदले भने–यस्तो अवस्था कति दिन रहने हो ? जनताले कति दिन सहुन पर्ने हो यो सास्ती ?
निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्का मुसुस्क हासँे अनि भने–मैले एक जना ज्योतिषीलाई नेपालका बारेमा हात(चिना) हेराएको थिएँ, उनी भन्दै थिए नेपालको खराब समय चलिरहेको छ, त्यसैले फागुनसम्म आपुर्ति व्यवस्था सहज हुन्न ।’
गोपाल बहादुर खड्काले भनेको सबै सांसद र आगन्तुकहरुले सुनेनन् । जतिले सुने उनीहरु मुसुमुसु हास्दै दंग मात्रै परिरहे । ठिक त्यहि समयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले प्रश्न गरे–‘त्यसो भए जनताले फागुनसम्म यस्तै सास्ती भोग्नु पर्छ ?’ खड्काले जवाफमा भने‘ खोई हजुर के भन्ने हामीले अनुमान गर्न नसक्ने भयौं अनि के गर्नु ज्योतिषीको कुरामा विश्वास नगरेर ।’ उनले नेपालमा कहिले इन्धनको सहज आपुर्ति हुन्छ भन्ने आफुहरुले भन्नै नसक्ने बताउँदै ज्योतिषीले भने अनुसार फागुनसम्म आपुर्ति सहज नहुने दावी गरे । तर कुन ज्योतिषीले त्यस्तो भनेको भन्ने चाँही न खड्काले खुलास्त पारे न त कसैले उनलाई सोध्यो नै ।
समितिको बैठकमा सांसदहरुले निगमकै सलंग्नतामा इन्धनको कालोबजारी भैरहेका भन्दै चर्काे आलोचना गरेका थिए । उनीहरुले चीनसँग हुने इन्धन कारोबारको बिजनेश मोडल समेत मागेका थिए । तर मन्त्री, सचिव र निगमका कार्यकारी निर्देशक तिनै जनाले आफुहरुसँग त्यस्तो बिजनेश मोडल नभएको र त्यो छलफलकै क्रममा रहेको बताएका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.