नबिल बैंकको शाखा सिनामगंलमा स्थानान्तरण

  २०७३ जेठ ३२ गते ८:१४     विकासन्युज

काठमाडौं, ३२ जेठ । नबिल बैंकले सिनामगंल शाखामा स्थानान्तरण गरेको छ । बैंकको सो शाखा भिमसेन गोला चोक तर्फ वडा नं. ९मा स्थानान्तरण भएको छ । बैंकले ग्राहकहरुलाई बैंकिङ् सेवा तथा सुविधाहरु सहज र सरल रुपमा उपलब्ध गराउने उद्देश्यले उक्त स्थानमा शाखा स्थानान्तरण गरेको हो ।

NabilMBank_20101026074157बैंकले ग्राहकका आवश्यकताहरुमा आधारित विविधतायुक्त सेवा/सुबिधा प्रदान गर्ने कार्यमा सदैव अग्रणी भूमिका खेल्दै आएको छ । नवीनतम प्रविधिहरुको प्रयोग, वासलातको आकार र गुणस्तर, शाखाहरु र एटिमहरुको व्यापक सञ्जाल तथा ग्राहकहरुकोे सन्तुष्टि प्रति समर्पित पारङ्गत दक्ष पेशाकर्मीहरु नै नबिल बैंक सधैं अग्रणी बैंक बन्नुको आधार भएको बैंकले जनाएको छ ।

हालसम्म बैंकले ५२ वटा शाखाहरु, ९० वटा एटिएमहरुका साथै, १४ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.