ग्लोबल आइएमईले प्यासिफिक बैंकलाई एक्विजिसन गर्ने समझदारी पत्रमा हस्ताक्षर

  २०७३ असार १ गते ११:५२     विकासन्युज

काठमाडौं, १ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । आषाढ १ गते बुधबार हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेष बहादुर पौडेल हस्ताक्षर गरेका छन् ।

global_ime

दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको छ ।

प्यासिफिक बैंकलाई ग्लोबल आइएमईले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ६ अर्व २७ करोड, कुल निक्षेप ७१ अर्ब, कर्जा लगानी ६१ अर्ब रुपैयाँ र ९४ वटा शाखा कार्यालय पुग्ने विज्ञप्तिमा जनाइएको छ । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्ससँग सफल मर्जर गरिसकेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.