महिन्द्राको अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपाली बजारमा

  २०७३ असार १ गते १२:२८     विकासन्युज

पोखरा, १ असार । महिन्द्राको अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको छ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको फार्म इक्वीप्मेन्ट सेक्टर (एफइएस) तथा अग्नि ग्रुपले एउटा नयाँ प्लाटफर्ममा आधारित महिन्द्रा अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपालमा भित्र्याएको हो । नयाँ प्लाटफर्ममा ५५ देखि ७५ हर्सपावरको रेन्जमा उपलब्ध हुनेछ भने हाल उक्त प्रोडक्ट ६० हर्सपावर क्याटेगोरीमा रहेको छ ।
novo_605_tractor
नयाँ अर्जुन नोभो ६०५ डीआई महिन्द्राको देशभरीका कृषकहरुलाई टेक्नोलोजी–मूखी कृषि समाधानहरु प्रदान गर्ने लक्ष्य अनुरुप रहेको कम्पनीको दावी छ । नोभो सार्वजनिक गर्ने कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा दक्षिण एशियाका हेड अफ इन्टरनेशनल अपरेसन्स् तथा उपाध्यक्ष संजय जादवले भने– “महिन्द्रा ट्रयाक्टर सेग्मेन्टमा उत्पादन संख्याको आधारमा संसारकै अग्रणी कम्पनी हो । नयाँ महिन्द्रा अर्जुन नोभो ६०५ डीआईको अनावरण सँगै कृषकहरुको कमीले कृषि आधुनिकीकरण बढेको छ भने  गैर–कृषि प्रायोजनहरुमा पनि ट्रयाक्टरको प्रयोग बढ्दै छ ।”

अग्नि ग्रुपका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठले भने –“एड्भान्स्ड सिंक्रोमेश १५ फर्वार्ड् प्लस ३ रियर ट्रान्समिशनका तथा सबैभन्दा उत्कृष्ट फ्यूल एफिसिएन्सीका साथै २२०० केजीको लिफ्ट क्षमता जस्ता विभिन्न वर्गमै पहिलो फिचर्स प्रस्तुत गरेको छ । यस अनावरणले उच्च हर्स पावर क्याटेगरीलाई अघि बढाई एउटा ट्रेन्ड सेट गर्नेछ ।’
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको आयात कर्ताका रुपमा रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.