दिब्यश्वरी हाइड्रो पावरको ३ करोड ९६ लाखको सेयरका लागि आवेदन खुल्यो

  २०७३ असार ६ गते ५:१४     विकासन्युज

dibshwari_hydroकाठमाडौं, ६ असार । दिव्यश्वरी हाइड्रो पावर लिमिटेडको तीन करोड ९६ लाख रुपैंयाँ बराबरको साधारण सेयरका लागि आवेदन खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैंयाँ मुल्य अंकित तीन करोड ९६ लाख रुपैंयाँ बराबरको सेयर निष्काशन गरेको हो ।

सो मात्रामा साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कम्पनीको प्रस्तावलाई नेपाल धितो पत्र बोर्डले जेठ ३२ गते स्विकृति दिएको थियो । दिब्यश्वरीले असार १३ गतेदेखि २७ गतेसम्मका लागि सेयर आवेदन खुल्ला गरेको हो । एस क्यापिटल मार्फत सेयरको आवेदन दिन सकिनेछ ।

दिब्यश्वरीले संखुवासभा जिल्लामा ४ मेगावाटको सबखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले केहि समय पहिले मात्रै आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.