अफगानिस्तानमा मारिने नेपालीको पहिचान खुल्यो

  २०७३ असार ६ गते १२:५१     विकासन्युज

काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको पहिचान खुलेको छ ।परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अहिलेसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । अफगान गृह मन्त्रालयले भने घटनामा १४ नेपालीको मृत्यु भएको जनाएको छ ।

kabul_attack

काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा तालिवानले आक्रमण गरेको थियो ।
यी हुन काबुलमा ज्यान गुमाउने नेपालीहरु
अमृतबहादुर थापा-लमजुङ
चन्द्रबहादुर रानामगर- काठमाडौं
अकुल तामाङ- सुनसरी
हरिबहादुर बडवाल क्षेत्री- काठमाडौं
विदुरबहादुर सुवेदी क्षेत्री- काठमाडौं
सुपबहादुर गुरुङ- स्याङ्जा
मधुसुदन कोइराला- नुवाकोट
लिलबहादुर गुरुङ- नुवाकोट
नवीनसिंह क्षेत्री-पर्वत
कृष्णबहादुर ढुंगाना-चितवन
जितेन्द्रसिंह थापा-बुटवल
डम्बरबहादुर तामाङ-नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.