२०७३ असार ८ गते ११:२४ विकासन्युज
काठमाडौं, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौं ल्याइएको छ । दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अहिले विमानस्थलमा मृतकका परिवार र आफन्तजनको घुइँचो लागेको छ ।
शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई शव बुझाइने गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ ।
सो आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.