सामसङ्ग डिजिटल प्लाजा अब काठमाडौंको महाराजगंजमा पनि

  २०७३ असार १२ गते ११:०६     विकासन्युज

काठमाडौं, १२ असार । नेपालका लागि सामसङ्गका इलेक्ट्रोनिक आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लिले काठमाडौंको महाराजगंजमा सामसंग डिजिटल प्लाजाको सुरुवात गरेको छ ।

samsung_plazaकम्पनीका अनुसार समसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सो स्थानमा उक्त प्लाजा खालिएको हो ।

samsung_plaza1
कम्पनीका अनुसार सामसङ्ग डिजिटल प्लाजामा सामसङ्गका सबै उत्पादनहरु प्रदर्शनमा राखिएका छन् । जसमा कर्भ टिभीहरु, एलईडी टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, माइक्रोवेभ ओभन तथा मोबाइल फोन रहेका छन् । काठमाडौँ उपत्यका भित्र ८ वटा र बाहिर ४ वटा गररे हालसम्म १२ बटा सामसङ्ग प्लाजा खुुली सकेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.