एभरेष्ट बैंकद्धारा निःशुल्क पिउने पानी सुविधा

  २०७३ असार १६ गते १३:०६     विकासन्युज

काठमाडौं, १६ असार । एभरेष्ट बैंकले काठमाडौंको पूरानो बानेश्वरमा अवस्थित रत्न राज्य उच्च माध्यामिक विद्यालयमा निःशुल्क पिउने पानी सुविधा स्थापना गरेको छ । एभरेष्ट बैंक संस्थागत सामाजिक उत्तरदायित्व प्रति सदैव सजग रहेको बैंकले बताएको छ ।

बैंकले समाजका आवश्यक क्षेत्रहरुमा सहयोग उपलब्ध गराउँदै आएको र साथै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रहरुमा सामाजिक कार्यहरु पनि सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८५ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.