नेपालगन्जमा फोटो बैंक स्थापना, दैनिक जीवनसँग सम्बन्धित तस्बिर राखिने

  २०७३ असार २१ गते ११:२२     विकासन्युज

नेपालगन्ज, २१ असार । समाज विकासमा महत्वपूर्ण योगदान पु¥याएका प्रतिष्ठित व्यक्तिको तस्बिर सङ्ग्रहालयका रुपमा यहाँ ‘नेपाल फोटो बैंक’ स्थापना गरिएको छ ।

राजनीति, समाजसेवा, पत्रकारिता, चिकित्सा सेवा, वाइल्ड लाइभ, प्रकृति संरक्षण, खेलकूद, संस्कृतिलगायतका विधामा योगदान पु¥याउने व्यक्तिको दैनिक जीवनसँग सम्बन्धित तस्बिर सो बैंकमा राखिने छ । अन्तराल संस्थाद्वारा स्थापित सो फोटो बैंकको मंगलबार यहाँ आयोजित समारोहमा फोटो पत्रकार क्लबका केन्द्रीय अध्यक्ष विकास कार्कीले शुभारम्भ गरे ।

समारोहमा राजनीति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका नेपाली कांग्रेसका त्यागी नेता, पूर्व पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र पार्टीका जिल्ला सभापति स्वर्गीय डा. अरुण कोइरालाका अति दुर्लभ फोटो बैंकमा राखेर शुभारम्भ गरिएको हो ।

उक्त अवसरमा नेपाली कांग्रेस, बाँकेका अध्यक्ष किरण कोइरालाले बैंकको कोष सञ्चालनका लागि पाँच हजार रुपैयाँ नगद उपलब्ध गराएको अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.