कुमारी बैंक र सम्सारा रेमिटबीच विप्रेषण सम्झौता

  २०७३ असार २२ गते ७:३५     विकासन्युज

काठमाडौं, २२ असार । कुमारी बैंक लिमिटेड र सम्सारा रेमिट प्रा.लि. बीच विश्वका विभिन्न भागमा कार्यरत व्यक्तिहरुले पठाएको रेमिट्यान्सको व्यवस्थापनबारे सम्झौतामा हस्ताक्षर भएको छ ।

kumari_bankयस सम्बन्धी सम्झौतापत्रमा कुमारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव गिरी र सम्सारा रेमिटका तर्फबाट कार्यकारी उपाध्य्य जीवन वावु श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सम्सारा रेमिट मार्फत विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले एक हजार भन्दा बढी कुमारी रेमिट ऐजन्ट मार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.