जगदम्बा मोटर्सले ल्यायो टिभीएसका ५ नयाँ उत्पादन

  २०७३ असार २९ गते १२:१७     विकासन्युज

काठमाडौं, २९ असार । जगदम्बा मोटर्स ‘टिभीएस मोटर कम्पनी’ को नेपालका लागि एक मात्र आधिकारीक बिक्रेताले आफ्ना ५ नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । कम्पनीले बजारमा ल्याएको ५ उत्पादनहरुः नयाँ उटिभीएस वेगो, टिभीएस एक्सएल–१००, टिभीएस–डज, टिभीएस भिक्टर र टिभीएस किङ हुन् ।

tv_sकम्पनीले हालै मात्र आफ्नो वार्षिक वितरक सम्मेलन २०१६–२०१७ ‘टुगेदर वी ग्रो स्ट्रङ्गर’ नारासहित यहि १२ जुलाई देखि १४ जुलाईसम्म ३ दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । सो कार्यक्रमकाबीच जगदम्बा मोटर्सले टिभीएसका उक्त उत्पादनहरुको अनावरण गरेको हो । सो अवसरमा कम्पनीले सहभागीहरुलाई अभिप्रेरक तालिम प्रदान गर्नुका साथै कम्पनीका आगामी योजना तथा व्यावसायीक गतिविधीका बारेमा अवगत गराएको थियो ।

छुट्टाछुट्टै उत्पादित ५ उत्पादनको छुट्टाछुट्टै विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘नयाँ टिभीएस वेगो’ कम्बी ब्रेकयुक्त र ‘टिभीएस एक्सएल–१००’ सिसी इञ्जिनयुक्त प्रतिलिटर ६९ किलोमिटर गुड्ने छ । त्यस्तै, ‘टिभीएस–डजमा’ मोबाइल चार्जको सुविधाका साथै ट्युबलेस टायरसहितको ड्यूरा लाइफ इञ्जिन जडान गरिएको छ । कम्पनीले कम खर्चमा आरामदायी यात्रा गर्न ‘टिभीएस भिक्टर’ र ‘टिभीएस किङ’ बजारमा ल्याएको छ ।

६० वाटको हेडल्याम्प भएको टिभीएस भिक्टरको मुख्य विशेषता भनेको यसमा शक्तिशाली ३–भल्भ इञ्जिनका साथै ७६ किलोमिटर प्रतिलिटर माइलेजयुक्त ट्युबलेस टायरको जडान गरिएको छ । त्यस्तै, ३ पाङ्ग्रे ‘टिभीएस किङमा’ कारको जस्तो ड्यासबोर्ड भएको सेल्फ स्टार्टको सुबिधा रहेको छ ।

कार्यक्रम जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालको संयोजकत्वमा एवम् कम्पनीका व्यवस्थापक औरो आशिष चौधरी, सहायक प्रबन्ध निर्देशक–सर्भिस एसपी कृष्ण कुमार तथा टिभीएस मोटर कम्पनी, भारतका सहायक प्रबन्ध निर्देशक अरुण कुमारको सहभागितामा सम्पन्न भएको थियो । टिभीएसले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी टिभीएसका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरु नेपालभर विभिन्न आकर्षक योजनाका साथमा बिक्री वितरण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.