ओरालो लागे लघुवित्त कम्पनीहरु, सेयर मुल्यमा भारी गिरावट

  २०७३ साउन ३ गते ६:०८     विकासन्युज

market_downकाठमाडौं, ३ साउन । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका कारण लघु वित्त कम्पनीको सेयर मुल्यमा भारी गिरावट आएको छ । लघु वित्त कम्पनीको चुक्ता पुँजी वृद्धि हुने हल्ला चलेपछि पछिल्लो समय लघु वित्त कम्पनीको सेयर मुल्य आकाशिएको थियो । तर केन्द्रिय बैंकले पुँजी वृद्धिको विपरिद उल्टै ७ प्रतिशत स्प्रेड दर तोकेपछि लघुवित्त कम्पनीको सेयर मुल्य ओरालो लागेको हो ।

मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार खुलेको सेयर बजारमा १५ वटा लघुवित्त कम्पनीको सेयर मुल्या भारी गिरावट आयो । आइतबार छिमेक लघुवित्त विकास बैंकको २२९ रुपैंयाँ मुल्य घटेको छ भने डिप्रोक्स डेभलपमेन्ट बैंकको सेयर मुल्य पनि ३३२ रुपैंयाँले घटेको छ । साना किसान विकास बैंकको सेयर मुल्य २४९ रुपैंयाँले घट्यो ।

त्यस्तै, स्वावलम्बन विकास बैंक पनि सेयर मुल्य पनि आइतबार २८३ रुपैंयाँले ओरालो लागेको थियो । नागबेला लघुवित्त विकास बैंकको सेयर मुल्य पनि ४४० रुपैंयाँले घटेको छ । वोमी माइक्रो फाइनान्स वित्तिय संस्थाको मुल्य पनि ३३९ रुपैंयाले घटेको छ । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरको १३८ रुपैंयाले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.