२०७३ साउन ६ गते १०:१४ विकासन्युज
काठमाडौं, ६ साउन । बिहीबार नेप्से परिसूचक ११ दशमलब ९९ अंकले १७९८ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको ३१ लाख ५४ हजार कित्ता सेयर एक अर्ब ४८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन हाइड्रोपावरको समूह बाहेक अन्य बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १२५ अंकले बढेको छ । उत्पादनमूलक, विकास बैंक, होटल र बैंकिङ समूहको परिसूचक क्रमशः ६९, २१, ११ र ५ अंकले बृद्धि भएका छन् । त्यस्तै हाइड्रोपावर समूहको परिसूचक करिब १० अंकले ओरालो लागेको छ ।
बिहीबार ७ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल(तराई), राप्ती भेरी विकास बैंक, किसान माइक्रोफाइनान्स वित्तिय संस्था, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, कर्नाली डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक र कन्काइ विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.