उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि सर्भेक्षण सुरु

  २०७३ साउन ६ गते १२:००     विकासन्युज

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि भूकम्पपीडितको वास्तविक लगत लिन सर्भेक्षण सुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले काठमाडौँमा एक महानगरपालिकासहित ११, भक्तपुरमा छ, ललितपुरमा पाँच नगरपालिका तथा १९ गाविसका भूकम्पपीडितको सर्भेक्षण गर्न कम्तीमा पनि डेढ महिना लाग्ने जानकारी दिए ।

सर्भेक्षण सकी विभागले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई प्रतिवेदन दिएपछि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर पीडितलाई अनुदान वितरण प्रक्रिया सुरु हुने बताइएको छ ।

विभागले यसअघि उपत्यका बाहिरका अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटाम सर्भेक्षण गरी प्राधिकरणलाई बुझाएको प्रतिवेदनका आधारमा सम्झौता गरी पहिलो किस्ताको अनुदान वितरण प्रक्रिया सुरु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.