ओटिसि बजारको कारोबार शुल्क ९० प्रतिशत कटौती

  २०७३ साउन ७ गते ८:५५     विकासन्युज

काठमाडौं, ७ साउन । नेपाल धितोपत्र बोर्डले ओभर द काउन्टर बजार (ओटिसि बजार)को कारोबार शुल्क ९० प्रतिशतसम्म कटौती गरेको छ ।

otc
ओटीसी बजार संचालन सम्बन्धी विनियमावली, २०६५ बमोजिम सो बजारमा कारोबार हुन नसकिरहेको अवस्थामा बोर्डले २०७२ पुस ६ मा कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखी ओटिसि बजारमा कारोबार हुन सक्ने कम्पनी सम्बन्धी जानकारी गराउँदै  सूचीकरण नभएका पब्लिक लिमिटेडका कम्पनीका धितोपत्रहरुको कारोबार हुने व्यवस्थाका लागि पत्राचार गरेको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल स्टक एक्सचेञ्जको सक्रियतामा हाल ओटिसि बजार अगाडि बढिरहेको छ । ओटीसी बजारमा कारोबार शुल्क उच्च भएको गुनासो आएपछि कारोबार शुल्क प्रोत्साहनमुलक कटौती गरी पुनरावलोकनका लागि पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइएको थियो ।

नेप्सेले दिएको प्रतिवेदनका आधारमा धितोपत्र बोर्डले शुल्क घटाउने निर्णय गरेको हो । बोर्डले आफुलाई बुझाउनु पर्ने शुल्क यथावत राख्दै अन्य शुल्क ८५ प्रतिशत देखि ९० प्रतिशतसम्म घटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.