२०७३ साउन ११ गते ४:५० विकासन्युज
काठमाडौं, ११ साउन । गुडविल फाइनान्स लिमिटेडले आपर्थक वर्ष २०७२/७३ मा १३ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गुडविलले अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा भन्दा ९ करोड ९ लाखले बढि हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा जम्मा ४ करोड ५ लाख मात्रै नाफा कमाउन सफल भएको थियो ।
३६ करोड चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ । गुडविललले ४१ करोड व्याज आम्दानी गरेर २३ करोड व्याज खर्च गरेको छ । २ दशमलब शुन्य ५ प्रतिशत खराब कर्जा रहेको कम्पनीले १ करोड राइटब्याकबाट आम्दानी गरेको देखिन्छ ।
गुडविलको प्रति सेयर आम्दानी ३६ रुपैंयाँ २२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५२ रुपैंयाँ १५ पैसा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.