२०७३ साउन १६ गते ७:२४ विकासन्युज
काठमाडौं, १६ साउन । सूचना प्रविधिको पहुँचमा नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे खाका तयार गर्न सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन शुरू भएको छ ।
युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविधि सम्बन्धमा सरोकार राख्ने नेपाल सहित विभिन्न देशका गरी करिब १०० जना सहभागी छन् ।
सम्मेलन अवधिभरि नेपाल र विश्वको सूचना प्रविधि र इलर्निङ सम्बन्धी १६ कार्यपत्रमाथि छलफल गरिने सम्मेलन संयोजक सुरेन्द्र अधिकारीले जानकारी दिए ।
राष्ट्रिय आविष्कार केन्द्र
सोही अवसरमा सामाजिक अभियानकर्मी महावीर पुनले नेपाललाई सूचना प्रविधिमा विकास गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न लागिएकाले त्यसका लागि सहयोग गर्न आगह गरे । म्यागासेसे पुरस्कार विजेता समेत पुन केन्द्र स्थापना गर्ने उद्देश्य अनुरूप जनताबाटै ५० करोड रुपैयाँ सहयोग जुटाउने अभियानमा छन् ।
डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका अध्यक्ष डा रूद्र पाण्डेले नेपालका हरेक गाउँ गाउँमा इन्टरनेटको पहुँच कसरी पु¥याउन सकिन्छ भन्ने बारेमा समेत सम्मेलनमा छलफल गरिने बताए। रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.