२०७३ साउन १६ गते १२:३३ विकासन्युज
काठमाडौं, १६ साउन । ग्लोबल आइएमई बैंकले बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा शाखारहित बैकिङ्ग सेवाको सञ्चालन गरेको छ । बैंकले बैंकिङ्ग पहुच नपुगेका ग्रामीण क्षेत्रका बासिन्दालाई आधारभूत बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ सो स्थानमा शाखा सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा बैंकले व्यवसायीक प्रतिनिधिहरुलाई प्रमाणपत्र र पिओएस मेसिन हस्तान्तरण गरि उक्त शाखारहित बैंकिङ्ग सेवाहरुको सुरुवात गरिएको थियो । बाग्लुङ्ग जिल्लाको भिमगिठेमा सुरुवात गरिएको सेवाको संचालनका लागि स्थानिय व्यवसायी हरिचन्द्र खत्रि तथा अर्घाखाँची जिल्लाको ठुलापोखरामा सुरुवात गरिएको सेवा सञ्चालनका लागि स्थानिय धनिश्वर पाण्डेलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाग्लुङ्ग जिल्लाको भिमगिठेमा र अर्घाखाँची जिल्लाको ठुलापोखरामा सुरु गरिएका सेवा सँगै बैंकका शाखारहित बैंकिङ्ग सेवा ४२ वटा पुगेका छन् । सबै क्षेत्र र बर्गका जनता माझ सेवा पुर्याउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले शाखा सञ्चालन गर्न सम्भव भएका स्थानमा शाखा स्थापना गरेर तथा शाखा स्थापना गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा पुर्याउदै आइरहेको छ ।
हालसम्म बैंकले ९१ वटा शाखा, १०० वटा एटिएम, ४२ शाखारहित बैंकिङ्ग सेवा, १० राजश्व संकलन काउण्टर, ६ वटा एक्सटेन्सन काउण्टर मार्फत ६ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.