२०७३ साउन १७ गते ५:१६ विकासन्युज
काठमाडौं, १७ साउन । नेपाल बैंक लिमिटेटमा नागरिक लगानी कोषमा रहेको चार लाख कित्ता संस्थापक सेयर बेच्ने भएको छ । बैंकले नागरिक लगानी कोषमा रहेको ३ लाख ९९ हजर ९ सय ४० कित्ता संस्थापक सेयर बिक्रि गर्न लागेको हो ।
बैंकले प्रति कित्ता ३ हजार पाँच सय नघट्ने गरि सेयर खरिदका लागि बोल पत्र आव्हान गरेको हो । बैंकले साउन १७ गतेदेखि भदौ ५ गतेभित्र बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.