तेल, दुध, विस्कूट, पाउरोटी बढी मात्रामा गुणस्तरहिन भेटिए, अधिकांश होटल रेष्टुरेन्टलाई पहेंलो स्टीकर

  २०७३ साउन ३२ गते १३:२१     विकासन्युज

काठमाडौं, ३२ साउन । बजारमा उपलब्ध खाद्यन्य मध्ये १० प्रतिशत खाद्यन्य अयोग्य भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष बजार अनुगमन गर्दा उक्त तथ्य भेटिएको हो ।
food-beverage
बजार अनुगमनको क्रममा २१२० पटक गरिएको ल्याब टेष्टमा २०२ वटाको गुणस्तर प्रतिवेदन मानव स्वास्थ्यको लागि हानिकारक पाईएको विभागले जनाएको छ । त्यसमा ३९ वटा ब्राण्डका खाने तेल, १७ वटा ब्राण्डका दुध, १७ ब्राण्डका ध्यू, ७ वटा ब्राण्डका विस्कूट, ४ ब्राण्डका दाल, ४ प्रकारका पाउरोटी अखाद्य पाईएको छ ।

ती ब्राण्डहरुको नाम भने विभागले गोप्य राखेको छ । गत वर्ष विभागले गरेको महत्पपूर्ण कार्यको विवरण सार्वजनिक गर्दा विभागले आफूहरुले गरेको कार्यको अमूर्त विवरण सार्वजनिक गरेपनि अखाद्य तेल, दुध, ध्यू, विस्कुट, पाउरोटी जस्ता दैनिक उपभोग्य र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने ब्राण्डहरुको नाम गोप्य राखेर उपभोक्ता माथि ठेक्नेहरुको बचाऊ गरेको छ । प्रचारको लागि विभागले जारी गरेको विज्ञप्तीमा २ किलो गुणस्तरहित गुँदपाक नष्ट गरेको विवरण समेत समेटेको छ ।

विभागले ६६८ वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेकोमा ५८२ वटालाई पहेँलो, ३ वटालाई रातो र ८६ वटालाई हरियो स्टीकर वितरण गरेको विभागले जनाएको छ । हरियोको अर्थ गुणस्तरीय सेवा दिएको मानिन्छ । पहेँलोले कम गुणस्तर र रातो पूर्ण गुणस्तरहिन जनाउँछ । आयातित बस्तुमा २३ हजार १२३ प्रकारका बस्तुको गुणस्तर जाँच भएकोमा ४७ वटा बस्तु कानुनी मापदण्ड विपरित र गुणस्तरहित पाईएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.