२०७३ साउन ३२ गते १६:५६ विकासन्युज
काठमाडौंः चीनले मंगलबार विश्वकै पहिलो ह्याक प्रुफ क्वान्टम स्याटेलाइटको सफल प्रक्षेपण गरेको छ । चीनले दाबी गरे अनुसार यसले पठाएको म्यासेजलाई न त डिकोड गर्न सकिन्छ न नै स्याटेलाइटलाई ह्याक नै गर्न सकिन्छ ।
चीनले यस स्याटेलाइटलाई संघाईको एक ल्याबमा तयार गरेको हो । जुन ल्याबलाई चीनले अघिल्लो साल बनाएको थियो । क्वान्टम स्याटेलाइटलाई लन्च गरेर चीनले जापान र अमेरिकालाई पछि मात्रै पारेन यी दुई देशको चिन्ता पनि बढाइदिएको छ।
केही वर्षअघि सीआईएका पूर्वकर्मचारी एडवर्ड स्नोडेनले अमेरिकाले चीनको स्याटेलाइट्सको सबै सूचना डिकोड गरिरहेको पोल खोलिदिएपछि चीनले भित्री तयारी थालेको थियो ।
त्यसपछि चीनले डिकोड गर्नै नसकिने प्रविधिको विकासमा लागेको थियो । चीनले यस स्याटेलाइटको नाम ‘मिसिअस’ राखेको छ । मिसिअस छैटौं शताब्दीमा चीनका महान अध्यता र वैज्ञानिक थिए । जुलाई, २०१५ मा क्वान्टम कम्प्यूटिङ्ग ल्याब संघाईमा बनाइएको थियो । यो चीनको उच्च गोप्यता कायम गरिएको ल्याब हो ।
यसलाई चिनियाँ एकेडेमी अफ साइन्स र चीनको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी अलीबाबाले तयार गरेका हुन् । क्वान्टम स्याटेलाइटमा प्रयोग गरिएको प्रविधिको बारेमा चीनले विश्वकै सबैभन्दा सुरक्षित प्रविधि रहेको दाबी गरेको छ ।
यसमा फोटोनको प्रयोग गरिएको छ । फोटोनलाई न त अलग गर्न सकिन्छ न त उसको प्रतिकृति (रिप्लिका) बनाउन नै सकिन्छ । थाहा पाउनै पर्ने कुरा फोटोन प्रविधिबाट जुन सूचना पठाइन्छ, त्यसलाई डिकोड गर्न सकिन्न । अर्थात यो पूर्णरुपमा ह्याक प्रुफ रहेको छ ।
चीनको समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्याटेलाइटमा फोटोन टुक्रा गरिएको अवस्थामा हुनेछ । यदि यसबाट म्यासेजलाई डिकोड गर्ने कोशिस गरियो भने फोटोन आफैं नष्ट भएर जानेछ ।
यस स्याटेलाइटमा दुई कम्जोरी पनि छन् । पहिलो यसको कन्ट्रोल रूम जमीनमा नै हुनेछ । अर्थात स्याटेलाइटबाट पठाइएको डाटा ह्याक या डिकोड त हुन सक्दैन तर जमीनमा आएपछि कन्ट्रोम रूममा डिकोड गरेपछि भने त्यसको ट्रान्स्क्रिप्टलाई दोस्रो तरिकाबाट प्राप्त गर्न भने सकिन्छ ।
अर्को कम्जोरी भनेको यसको डाटा ३०० किलोमिटर भन्दा धेरै टाढासम्म पठाउन सकिँदैन । यसको घाटा भनेको यदि संघाईको विकल्पमा ३०० किलोमिटर भन्दा बाहिरको अर्को सहरबाट यो स्याटेलाइटबाट डाटा तान्न सकिँदैन ।
यो प्रोजेक्टका प्रमुख वैज्ञानिक पेन जियानवेईले यो प्रयासपछि आफूहरु पुरानै प्रविधिको सञ्चार प्रविधिबाट आफहरु धेरै अघि बढिसकेको बताएका छन् ।
यो प्रयास सफल भएपछि चीनका लागि नयाँ बाटो खुल्ने उनको भनाइ छ । यो सफलतापछि अब चीनले सन् २०३० सम्ममा क्वान्टम स्याटेलाइटको ग्लोबल नेट्वर्क तयार गर्न सक्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.