अख्तियारले दायर गरेको मुद्धामा १४ करोड जरीवनामा सफाई, अख्तियारले मुद्धा हार्यो

  २०७३ भदौ ६ गते १:३९     विकासन्युज

काठमाडौं ६, भदौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पसुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीसहितलाई विरुद्ध विषेश अदालतमा दायर गरेको मुद्दामा अदालतले १४ करोड जरीवाना तिराएर सफाइ दिएको छ ।
अख्तियारले ४६ करोड ५६ लाख बिगो दाबीसहितको विशेष अदालतमा हालेको एक अदालतले जरीवाना तिराएरसफाई दिने फैसल आइतबार गरेको हो ।
अदालतले पशुपति क्षेत्र विकास कोspical-soartषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा दुई ठेकेदारलाई समान्य जरिवाना गर्दै अन्यलाई सफाई दिएको हो।

अख्तियारले उनीहरुसँग ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले दायर गरेको आरोपपत्रमा दावी अनुसार तत्कालीन कोषका दुई सदस्यसचिव तथा तीन स्थानीय विकास अधिकारीको संलग्नता पुष्टि हुन नसकेको भन्दै उनीहरुलाई विशेष अदालतले सफाई दिने फैसला सुनाएको हो।

विशेषले अख्तियारको आरोप पुष्टि हुन नसकेकोमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवहरू निर्मल कुइँकेल, सुशील नाहटा, काठमाडौंका तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली तथा प्रेमराज जोशी, कोषका उपनिर्देशक राजकुमार रेग्मी, योजना अनुगमन तथा प्रशासकीय अधिकृत भीष्मकुमार मल्ललाई सफाई दिने निर्णय सुनाएको हो।

अख्तियारले उनीहरुसँग ४६ करोड ५६ लाख ८७ हजार एक सय ५८ रुपैयाँ ४६ पैसा बिगो–दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्की आएपछि अख्तियारले हालेको मुद्धा हारेको यो नै पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.