एक महिनामा १२० मोटरसाइकल चोरी

  २०७३ भदौ ९ गते ९:१३     विकासन्युज

bike_lostकाठमाडौं, ९ भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट एक महिनाको अवधिमा १२० मोटरसाइकल चोरी भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाको अवधिमा १२० मोटरसाइकल हराएको उजुरी दर्ता भएको जनाएको छ । जसमध्ये उपत्यकाका विभिन्न स्थानबाट पार्किङ गरेर राखेको अवस्थामा मोटरसाइकल हराउने गरेको हो ।

महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले सवारी एकान्त स्थानमा पार्किङ, रातको समय, अस्पताल र विमानस्थल क्षेत्रबाट बढी हराउने गरेको बताए । उनले भने – “आफ्नो सवारी साधनको ह्यान्ड लक र सुरक्षित स्थानमा राख्नुहोस् ।”

महाशाखाले पछिल्लो एक महिनामा विभिन्न समयमा चोरी भएका १२० मोटरसाइकलमध्ये १२ मोटरसाइकल खोजी गरी सम्बन्धित सवारी धनीसमक्ष दिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.