२०७३ भदौ १० गते ४:३६ विकासन्युज
काठमाडौं, १० भदौं । नेपालले २८१ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । सरकारले गत आर्थिक वर्ष २०७२/७३ सालमा आगामी १० वर्षसम्म नेपाल आउन नपाउने गरि ती विदेशी नागरिकलाई देश निकाला गरेको हो ।
उनीहरुले लागु औषध र डलरको तस्करी गरेको प्रमाण फेला परेपछि सरकारले देश निकाला गरेको हो ।
अघिल्लो बर्ष नेपालले ३२६ जना विदेशीलाई देश निकाला गरेको थियो । यसरी देश निकाला गरिएका मध्ये ९३ चिनियाँ, ३८ जना अमेरिकी, उज्वेकिस्तानका १९, बंगलादेशका १८, बेलायतका १५, सिरियाका १४, अष्टे«लियका १२, फ्रान्सका १२, इरानका ९, रसियाका ८ र क्यानडाका ७ जना रहेका छन् । समाचार श्रोत राजधानी दैनिक
Copyright © 2024 Bikash Media Pvt. Ltd.